कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, २० हजार बेड, १७१४ आइसियु

सरकारले देशभर कोरोना संक्रमितका लागि ४७२ अस्पतालमा झण्डै २० हजार बेड रहेको जनाएको छ। 

गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, एक हजार ७१४ आइसियु र ६९२ वटा भेन्टिलेटर रहेको जनाएको छ। 

देशभरका ३१ वटा अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट रहेको र ती प्लान्टबाट दैनिक २ हजार ५४९ सिलिन्डर अक्सिजन भर्न सकिनेछ । तीन वटा अस्पतालमा तरल अक्सिजन भर्न सकिने ट्यांक उपलब्ध भएको र स्वास्थ्य संस्थाहरूमा सेवा लिनका लागि ६ हजार २८८ अक्सिजन सिलिन्डर प्रयोग भइरहेको छ ।

दैनिक १ हजार ४११.५ लिटर अक्सिजन खपत भइरहेको समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । 

कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकार मन्त्रिपरिषदबाट समय-समयमा भएका आदेश र प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा दिएको निर्देशन कार्यान्वयनको समीक्षा गर्न बैठक बसेको थियो । 

वैशाख २२ गते मुख्य सचिवको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठक र उपप्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको थियो । सोही बैठकले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि निर्णय कार्यान्वय गर्ने निकाय, सहयोगी निकाय र समयसीमा तोकी कार्ययोजना तयार गरी सम्बन्धित निकायमा कार्यान्वयनका लागि समेत पठाइसकेको प्रवक्ताले शर्माले बताए ।





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १६:३०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया