नेपाल सुपर लिग : ललितपुरको पहिलो जित

नेपाल सुपर लिग अन्तर्गत बिहीबारको पहिलो खेलमा ललितपुर सिटी एफसी विजयी भएको छ । 

उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित हात पारेको हो । 

खेलको पाँचौँ मिनेटमा नुर्लान जाहिदले गरेको एक मात्र गोल ललितपुरलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । 

कमल श्रेष्ठको कर्नरमा डिबक्सभित्र निरज बस्नेतको बाइसाइकल किकमा कप्तान अञ्जन विष्टले हेडमर्फत उपलब्ध गराएको बललाई नुर्लानले गोलमा परिणत गरेका हुन् ।

पहिलो जित निकालेको ललितपुर ५ खेलबाट ६ अंक जोड्दै चोथो स्थानमा उक्लिँदा बुटवल समान खेलबाट ५ अंक जोड्दै पाँचौँ स्थानमा छ । 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १६:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया