जनकपुरधामका एक व्यवसायीको कोरोना संक्रमणबाट मृत्यु

जनकपुरधामका कोरोना संक्रमित एक व्यवसायीको बिहीबार मृत्यु भएको छ ।

५८ वर्षीय एग्रो व्यवसायीको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको परिवारजनले जनाएका छन् । 

श्वास–प्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत ग्राण्डी अस्पताल लगिएको थियो । उनमा कोरोना पोजेटिभ देखिएको थियो । 

सुरुमा जनकपुरस्थित काव्या अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि त्यहाँ उनको उपचार सम्भव नहुँदा थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

विगत ३ दिनदेखि भेन्टिलेटरमा रहेका उनको आज दिउँसो मृत्यु भएको बताइएको छ । 
 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १६:५५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया