सुदूरपश्चिममा थप ४ संक्रमितको मृत्यु, ३६९ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोभिड संक्रमितको मृत्यु भएको छ । कैलालीका तीन र बझाङका एकजनाको मृत्यु भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, धनगढीकै वडा नम्बर ६ की ५८ वर्षीया महिला, जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुष र बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया कोभिड संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
 
कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ शय ५० नमुना परीक्षण गर्दा ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतलका अनुसार धनगढीका १ सय १७ जना धनगढीबाहेक कैलालीका १ सय ६१ जना र अन्य जिल्लाका ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल अस्पतालमा ५८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जना भेन्टिलेटरमा, २० जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना निको भई घर फर्किएका छन् भने थप १४ जना अस्पतालमा भर्ना भएका छन् ।





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १७:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया