गायक प्रेमध्वज प्रधानको निधनले प्रधानमन्त्री दुःखी

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेका छन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत उनले गायक प्रधानलाई श्रद्धाञ्जली दिँदै परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

श्रद्धाञ्जलीका क्रममा उनले नेपाली गीत–संगीतको क्षेत्रमा प्रधानको योगदान सदा स्मरणीय रहने बताएका छन् । 

उनले भनेका छन्– मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । नेपाली गीत–संगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहनेछ ।





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १७:५३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया