गण्डकीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान

गण्डकी प्रदेश प्रदेशसभा बैठक वैशाख २७ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले त्यही दिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमा मतदान गराउने निर्णय लिएको छ।

गत वैशाख १३ गतेदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भएको थियो।

वैशाख १५ गते मतदानको कार्यतालिका थियो। तर जनमोर्चाका सांसद खिम विक्रम शाही अनुपस्थित भएपछि मतदान सम्भव भएन। 

जनमोर्चाले आफ्ना सांसदको खोजी गर्न माग गर्दै दिएको निवेदनको आधारमा सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए। 

हराएका भनिएका सांसद शाही त्यही दिन पोखराको चरक अस्पतालस्थित आइसियुमा उपचारत भेटिएका थिए। उनलाई कोरोना सक्रमण भएको जानकारी अस्पतालले दिएको थियो।

गण्डकी प्रदेशमा मा ६० जना सांसद छन् । एमालेका २७ जना, स्वतन्त्रका उम्मेदवार १ जना, नेपाली कांग्रेसका १५ जना, माओवादी केन्द्रका सभामुखसहित १२ जना, जसपाका २ जना र जनमोर्चाका ३ जना सांसद छन् । 



प्रदेशमा बहुमतको सरकार बनाउन ३१ जनाको समर्थन चाहिन्छ। स्वतन्त्र भनिएका सांसद दीपक मनाङे गण्डकीका खेलकुद मन्त्री बनिसकेका छन्। यस्तोमा मुख्यमन्त्रीलाई आफ्नो पद जोगाउन अझै केही सांसदको खाँचो छ। 



  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १८:३४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया