बाजुरामा बाढी, खेतमा पाकेको गहुँ सोत्तर

बाजुरा बुढीगंगा नगरपालिका–२ मा पर्ने घट्टेखोलामा आएको बाढीले पाकेको गहुँ बगाएको छ । बिहीबार दिउँसो आएको अविरल वर्षासँगै खोलामा आएको बाढीले ताप्री सेराको खेलमा पाकेको गहुँबली बगाएको वडा नम्बर २ वडाध्यक्ष हिरालाल थापाले जानकारी दिए ।

बाढीले किसानले लगाएको २५ रोपनीको खेतीमा क्षती पुर्याएको वडाध्यक्ष थापाको भनाइ छ । कुँडी हुँदै आएको खोलाको बाढीले उक्त खोलामा बनाइएका घट्टसमेत बगाएको छ । 

किसानहरुले खेत रोपाइँका लागि राखिएका धानको बीउ समेत बगाएर लगाएको बुढीगंगा नगरपालिका–१ कुडी स्थानीय भरतराज उपाध्यायले बताए । जिल्लाको तल्लो क्षेत्रमा आएको असिना–पानीले पाकेको गहुँमा समेत क्षति पुर्याएको उपाध्यायले बताए । 

घट्टखोलामा आएको बाढीले गर्दा साँफे मार्तडी राजमार्ग सडकसमेत अवरुद्ध बनेको छ । खोलाले बगाएर सडक पनि भत्किएको छ ।





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १९:१७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया