प्रधानमन्त्री केपी शर्मा ओली बूढानीलकण्ठ पुगेको भोलिपल्टै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेका छन्। ओलीविरूद्धको गठबन्धन निर्माणमा लागिरहेका नेता नेपालले देउवासँग ओलीलाई वैशाख २७ मा असफल बनाउने योजनाबारे छलफल गरेको खुलेको छ।
सभापति देउवाको सचिवालयका अनुसार नेता नेपालले ओलीलाई बिदा गर्न सकिने विकल्पबारेमा छलफल गरेका थिए। ओलीलाई कुनै पनि हालतमा सफल हुन नदिने योजनामा रहेका नेता नेपालले त्यसका लागि देउवालाई जस्तोसुकै सहयोग दिन सक्ने बताएका छन्।
उनले वैशाख २७ अघि नै आफूसहितका सांसदहरुले राजीनामा दिएर कांग्रेससहितलाई विपक्षमा बहुमत पुर्याइदिने वा वैशाख २७ को संसद बैठकमै नजाने दुई विकल्पमा छलफल गरिरहेका छन्।
ओलीलाई विश्वासको मतमा फेल गराएपछि विपक्षी गठबन्धनको सरकार सजिलै बन्ने निचोडमा रहेका नेता नेपालले देउवालाई त्यही कुरा ब्याख्या गरेको स्रोतले बताएको छ।
यसअघि देउवा, नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार र बुधवार तीन पटकसम्म छलफल भएको थियो। त्यही छलफललले राष्ट्रियसभामा एमाले उम्मेदवार रामबहादुर थापा बादलविरुद्ध खिमलाल देवकोटालाई उठाउने सहमति जुटाएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।