नेपाल सुपर लिग : उत्कृष्ट पुनरागमन गर्दै काठमाडौं प्ले अफमा

नेपाल सुपर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाडौं रेजर्स एफसी विजयी भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा उसले २–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै विराटनगर सिटी एफसीमाथि ५–४को रोमाञ्चक जित हात पारेको हो । 

खेलको छैटौँ मिनेटमा कप्तान रञ्जित धिमालको पासलाई सदुपयोग गर्दै एडिलाज सोमेडेले विराटनगरलाई अग्रता दिलाएका थिए । ​३३औँ मिनेटमा पेड्रो मन्जी क्रुजले विराटनगरको अग्रता दोब्बर बनाए ।

मेसौके ओलोमोउले १ मिनेटको अन्तरालमा २ गोल गरेपछि काठमाडौं खेलमा फर्कियो । उनले ३५ र ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए ।

४१औँ मिनेटमा स्टेफेन बिनोङ समिरले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए ।

६८औँ मिनेटमा मेसौकेले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा काठमाडौं ४–२ ले अगाडि बढ्यो ।



७९औँ मिनेटमा रञ्जित धिमालले विराटनगरका लागि तेस्रो गरे । ८३औँ मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंलाई ५–३ को अवस्थामा पुर्याए । 

थप गरिएको समयमा पेड्रो मन्जीले गोल गर्दै विराटनगरलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । 



यो जितसँगै काठमाडौंले ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिँदै प्लेअफमा स्थान पक्का गरेको छ । विराटनगर समान खेलबाट ७ अंक जोड्दै तेस्रो स्थानमा छ । 

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १९:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया