युरोपा लिग : उपाधिका लागि म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्ने

युरोपा लिगको जारी सिजनको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्ने भएका छन् । गएराति भएको सेमिफाइनलको दोस्रो लेगबाट दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । 

गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब युनाइटेड रोमासँग ३–२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८–५ को जित निकाल्दै युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सिरी ए क्लब रोमाको मैदानमा पराजित भएपनि युनाइटेडले पहिलो लेगमा निकालेको ६–२ को जितको कारण समग्रमा ८–५ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

दोस्रो लेगमा रोमालाई जित दिलाउन इडेन डेज्को र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे । युनाइटेडका एडिन्सन काभानीले दुई गोल फर्काएपनि एलेक्स टेलासले एक आत्मघाती गोल गरेका थिए ।



अब युनाइटेडले फाइनलमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ । भिल्लारियलले पनि गएरातिको दोस्रो लेगमा गोलरहित बराबरी खेलेर आर्सनललाई समग्रमा २–१ ले हराएर फाइनलमा स्थान पक्का गरेको छ ।



फाइनल खेल मे २७ मा हुनेछ । फाइनल खेल पोल्याण्डमा हुने छ । युनाइटेडले पछिल्लो पटक सन् २०१७ मा युरोपा लिग जितेको थियो ।

  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार ६:५०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया