उपाधि जिते म्यानचेस्टर सिटी र चेल्सीका खेलाडीलाई बोनस नै बोनस

च्याम्पियन्स लिगको फाइनलमा पुगेका म्यानचेस्टर सिटी र चेल्सीका खेलाडीले उपाधि जित्न सकेको अवस्थामा बोनस नै बोनस पाउने भएका छन् । दुवै क्लबले आफूले उपाधि जिते खेलाडीलाई आकर्षक बोनस दिने घोषणा गरेका छन् । 

च्याम्पियन्स लिगको उपाधि चेल्सीले जितेको खण्डमा उसका खेलाडीले ११ मिलियन बोनस पाउने भएका छन् । चेल्सीका खेलाडीले च्याम्पियन्स लिगको फाइनलमा पुगेसँगै पाँच मिलियन बोनस पक्का गरिसकेका छन् । 

त्यसमा पनि मे २९ तारिखमा इस्तानबुलमा म्यानचेस्टर सिटीलाई हराएको खण्डमा उनीहरुले थप ५ मिलियन बोनस पाउनेछन् । यस्तै, एफ ए कपको फाइनल जितेमा अरु थप मिलियन बोनस खेलाडीले पाउने क्लबले जनाएको छ ।

क्लबको इतिहासमा तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको चेल्सीले सीमित दर्शकका माझ इस्तानबुलमा फाइनल खेल्नेछ । त्यो भन्दा अगाडि उसले मे १५ मा लेस्टर सिटीसँग एफ ए कपको फाइनल खेल्नेछ ।

उपाधि भिडन्तको तयारीमा रहेको सिटीले पनि च्याम्पियन्स लिगको उपाधि जितेको खण्डमा १५ मिलियन बोनस खेलाडीलाई दिने भएको छ । इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको सिटीले उपाधि जितेमा नयाँ रेकर्ड पनि बनाउने छ ।

च्याम्पियन बनेको अवस्थामा क्लबले उपाधि जितेवापत पाउने पुरस्कार सबै खेलाडीलाई बाँड्ने बताएको छ । च्याम्पियन्स लिगको उपाधि जित्ने टिमले एक सय मिलियन पाउण्ड पाउनेछन् । विजेतालाई युइएफएले मात्र १६.५ मिलियन पाउण्ड छुट्टै दिनेछ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार ७:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया