सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्ने भएका छन् । पार्टीमा देखिएको विवाद समाधानका लागि दुई नेताबीच भेट हुन लागेको हो ।
अध्यक्ष ओली र नेता नेपालबीच एमालेको केन्द्रीय कार्यालय थापाथलीमा भेट हुने भएको बालुवाटार स्रोतले बताएको छ । एमाले ब्यूँतिएपछि धुम्बाराहीबाट थापाथलीमा केन्द्रीय कार्यालय सारिएको थियो ।
थापाथलीमा कार्यालय सारिएपछि नेता नेपाल अहिलेसम्म त्यहाँ पुगेका छैनन् । आज वार्ताका लागि पहिलोपटक नेता नेपाल त्यहाँ पुग्ने भएका हुन् ।
एमालेमा देखिएको विवाद अन्त्यका लागि पछिल्लो समयमा नेताहरुबीच वार्ता र सम्वाद बढ्न थालेको छ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने घोषणा गरेपछि नेपाल पक्षसँग सम्वाद बढाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।