अधुरै रह्यो मदन कृष्णको एउटा चाहना

बिहीबार बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भयो । प्रधानको निधनको खबर बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अस्पतालमा थाहा पाए । यो खबरले मदनकृष्णका आँखा थामिएनन् । आफैं कोरोना संक्रमणपछि उपचारका क्रममा रहेका श्रेष्ठले फेसबुकमा भावुक स्टाटस लेख्दै प्रधानलाई सम्झिए । उनलाई श्रद्धाञ्जली व्यक्त गरे। 

श्रेष्ठले भावुक हुँदै पुराना दिन सम्झना गरेका छन् । उनले २०२६ सालमा कवि दुर्गालालको शब्दमा प्रधानले संगीत गरेको गीत गाएर प्रतियोगितामा प्रथम भई गीत संगीतको यात्रा सुरु गरेको बताए। 

श्रेष्ठले प्रधानको सामिप्यतामा बस्न पाएकोमा आफूलाई भाग्यमानी सम्झिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘म फेरि मेडिसिटी हस्पिटलमा भर्ना भएको छु । 

कोरोनालाई जित्छु भन्ने आत्मविश्वास छ । चाँडै निको हुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमीलाई भेट्न आउने सोचाइमा थिएँ । तर, तिमीले त हामी सबैलाई छोडेर पो गइसकेको रहेछौ...!!! मैले मेरा आँसुका धारा थाम्न सकिनँ दाइ।’

उनले फेसबुकमा लेखेका छन्, ‘हाइ मेरो प्यारो प्रेमध्वज प्रधान दाई, हार्दिक श्रद्धाञ्जली छ तिमीलाई । कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी । मनमा मानवता भएको व्यक्ति तिमी । कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी । अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकी रह्यो र...।’





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १०:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया