वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पतालको सुरुवात

प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोभिड अस्पतालको सुरुवात गरेको छ । नगरपालिकाको कटकुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको कोभिड अस्पतालको शुक्रबार नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेका छन् । अस्पतालमा  अक्सिजनसहित डाक्टर, नर्सको व्यवस्थापन गरिएको नगरपालिकाले बताएको छ । 

अस्पतालमा तत्कालका लागि १० बेडमा अक्सिजन सहितको व्यवस्था गरिएको र अन्य बेडमा पनि व्यवस्थापन गरिने उप–प्रमुख महोनमाया ढकालले जानकारी दिइन् ।
समारोहमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रदेश अस्पतालका कन्सलटेन्ट चिकित्सकहरू डा. नवराज केसी, डा. प्रदीप न्यौपाने लगायतका स्वास्थ्यकर्मीको पनि उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १२:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया