खिमलाल देवकोटाको उम्मेदवारीमा माधव पक्षले साथ दिएन

राष्ट्रियसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका खिमलाल देवकोटालाई समर्थन गर्नबाट अन्तिम समयमा एमालेको माधवकुमार नेपाल समूह पछि हटेको छ। माधव नेपालकै प्रस्तावमा माओवादी केन्द्र र कांग्रेसको समर्थन लिएर उम्मेदवार बनेका उनको मनोनयन दर्ता गर्ने बेला देवकोटाले साथ नपाएका हुन्। 

माधव नेपाल, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको सहमति अनुसार देवकोटाले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन्। उनको प्रस्तावक र समर्थक पनि माओवादी र कांग्रेसका सांसदले बसिदिनुपरेको छ।

देवकोटाको प्रस्तावक माओवादी केन्द्रका प्रदेशसभा सदस्य शालिकराम जमरकट्टेलले छन् भने समर्थक कांग्रेसकी प्रदेशसभा सदस्य राधा घले छिन्।

देवकोटा आफैँ माधव नेपालनिकट मानिन्छन्। देवकोटाले उम्मेदवारी दिइसकेपछि मात्रै पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित एमालेको माधव नेपाल पक्षका नेताहरु आएर देवकोटालाई माला लगाइदिए।

एमालेको आन्तरिक विवाद मिल्ने दिशामा अघि बढिरहँदा देवकोटालाई अन्तिम समयमा साथ नदिने संकेत माधव नेपाल समूहले गरेको हो। नेता नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवनमा हिजो मध्यरातसम्म वार्ता भएको थियो। आज पनि पार्टी कार्यालय थापाथलीमा वार्ता हुँदैछ। 

 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १३:२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया