कर्णालीमा कोभिड रोग नियन्त्रण निर्देशक समिति गठन

कर्णाली प्रदेश सरकारले कोभिड-१९ रोग नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन कोभिड रोग नियन्त्रण/व्यवस्थापन निर्देशक समिति गठन गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा आर्थिक मामिला तथा कानुन मन्त्री, सामाजिक विकास मन्त्री सदस्य रहने गरी समिति गठन गरिएको हो । 

समितिमा जिल्ला सदरमुकाममा रहेका पालिकाका प्रमुख वा अध्यक्षहरू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, प्रहरी नायव महानिरीक्षक, १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी समेत सदस्य रहेका छन् । समितिमा सामाजिक विकास मन्त्रालयका सचिव सदस्यसचिव रहेका छन् । समितिले कोभिड व्यवस्थापनको कार्यलाई प्रदेशभर प्रभावकारी बनाउन काम गर्ने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले बताइन् ।

प्रदेश सरकारको वैशाख २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गर्दै मन्त्री केसीले प्रदेश अस्पताल सुर्खेत समेत कोभिड-१९ रोग नियन्त्रण/व्यवस्थापन निर्देशक समिति गठन गरिएको बताइन् ।

सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा, प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, वीरेन्द्रनगर नगरपालिका प्रमुख, सदस्य रहने गरी समिति गठन गरिएको हो । जसको सदस्यसचिव अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहने छन् । 

यस्तै बैठकले कोभिड-१९ रोग नियन्त्रण/व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयलाई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड बजेट थप गर्ने निर्णय गरेको छ । प्राविधिक जनशक्ति सेवा करारमा छनोट गर्ने कार्यविधि २०७६ अनुसार विज्ञापन गरिएको भन्दा नबढ्ने गरी करारमा कर्मचारी नियुक्त गर्न सामाजिक विकास मन्त्रालय मार्फत् स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १४:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया