कैलालीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरिया बस्ने २७ वर्षीय जंगबहादुर चौधरीको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
सोही नगरपालिकाकै लिक्मा नदीमा विद्युतको तार जोडेर करेन्ट लगाइ माछा मार्ने क्रममा उनी गम्भीर घाइते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि सौगात मेडिकल बडैपुरमा पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
चौधरीसँगै माछा मार्न गएका अन्य ५ जनालाई नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।