नेपाली महिला टोलीले नोभेम्बरमा टि-२० विश्वकप छनोट खेल्ने

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले  क्षेत्रीय छनोटको नयाँ मिति सार्वजनिक गरेको छ ।

आइसिसीले निकालेको नयाँ मितिअनुसार नेपालले खेल्ने एसिया छनोट नोभेम्बर २२ देखि २८ सम्म हुनेछ ।

यसअघि यो छनोट प्रतियोगिता सेप्टेम्बर २० देखि २६ सम्म हुने तय भएको थियो ।

यो छनोटमा नेपालसहित आयोजक मलेसिया, भुटान चीन, हङकङ, म्यानमार, कुवेत र युएई छन् ।

एसिया छनोटको विजेता टोली ग्लोबल छनोटमा पुग्नेछ । ग्लोबल छनोटमा अन्य पाँच क्षेत्रीय छनोटका विजेता टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

ग्लोबल छनोटमा शीर्ष दुईमा रहने टोलीले टि-२० विश्वकप खेल्ने छन् ।



सन् २०२३ को महिला टि-२० विश्वकप दक्षिण अफ्रिकामा हुनेछ । फेब्रुअरी ९ देखि २६ सम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।



  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १६:९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया