सुकदेवलाई मरणोपरान्त वरिष्ठ पत्रकार सम्मान

सरकारले स्वर्गीय सुकदेव नेपाल (अग्नि शिखा) लाई वरिष्ठ पत्रकार सम्मान २०७६ प्रदान गर्ने भएको छ ।

उनलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो । छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको एक कार्यक्रममा सरकारले स्वर्गीय नेपाललाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गर्न लागेको जानकारी गराएको हो । त्यसैगरी सोही सम्मान पत्रकार हर्ष सुब्बालाई पनि प्रदान गरिने भएको छ । पत्रकारहरू रघु मैनाली र शार्दूल भट्टराईलाई वरिष्ठ पत्रकार सम्मान २०७७ प्रदान गरिने भएको छ । वरिष्ठ पत्रकार सम्मानको राशि जनही २ लाख रुपैयाँ रहेको छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ को पनि शुक्रबार नै घोषणा गरिएको हो । राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ इन्द्रमान बुढा (उजिर मगर) बागलुङ, मात्रिका पौडेल रामेछाप, संगीता खड्का काठमाडौं, शेषराज दाहाल सिन्धुली, हेमन्तबहादुर विके बाँके, शीलत शाह, धनुषालाई प्रदान गरिने भएको छ ।

त्यसैगरी पत्रकारहरू दिलीपकुमार थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, सुरोजजंग पाण्डे, नितु पण्डित, पुन पौडेललाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि जनही १ लाख रुपैयाँ रहेको छ ।

सम्मानित तथा पुरस्कृत पत्रकारहरुलाई राष्ट्रपतिबाट सम्मान तथा पुरस्कार प्रदान गरिने सञ्चार मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १६:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया