महन्थ ठाकुरले छोडे प्रधानमन्त्रीको साथ, विश्वासको मत नदिने
भने : हाम्रा माग नै पूरा भएनन्, किन दिने विश्वास ?

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्। आफूहरुका माग पूरा नगरेको भन्दै अध्यक्ष ठाकुरले जनता समाजवादी पार्टीले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताएका हुन्।

'प्रधानमन्त्रीलाई हामी विश्वासको मत दिँदैनौँ', उनले फरकधारसँग कुरा गर्दै भने, 'उहाँले हाम्रा कुनै माग पूरा नै गर्नु भएन, त्यहीकारण जसपाले वैशाख २७ गते प्रधानमन्त्रीको विश्वासको मतका क्रममा न्यूट्रल बस्ने निर्णय लिएको छ।'

उनले आफूहरु पक्ष विपक्ष कतै नउभिने बताए। 'प्रधानमन्त्रीले हाम्रो माग पूरा गर्नु भएन, अब हामी संसदमा हामी न्यूट्रल बस्छौँ', उनले भने, 'हाम्रा कुनै माग नै सम्बोधन नभएको अवस्थामा हामीले सहयोग गर्ने कुरै आउँदैन। 

तर महन्थकै आग्रहमा सरकारले मधेस आन्दोलनका क्रममा विभिन्‍न १५ वटा मुद्दा खेपिरहेका १२० जनालाई सफाइ दिने निर्णय लिएको थियो। ओलीले मन्त्रिपरिषदमार्फत ती मुद्दा फिर्ता लिएका थिए। 

ठाकुरले नागरिकसम्बन्धी कानुन, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक, मधेस आन्दोलनमा मुद्दा खेपिरहेकाहरुलाई रिहा र जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गरेका थिए। ओलीले पहिलो चरणमा मुद्दा फिर्ता गरिदिएका थिए। 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १६:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया