एम्सले भन्यो- छोटा राजनको मृत्यु भएको छैन

एम्सका जनसम्पर्क अधिकारी बिएन आचार्यले छोटा राजनको मृत्यु नभएको बताएका छन् ।

उनले बिबिसी हिन्दीसँगको कुराकानीमा छोटा राजनको एम्समा उपचार चलिरहेको र उनी ज्युँदै भएको जानकारी दिएका छन् । 

केही समय अगि मात्र भारतीय सरकारी रेडियो अल इन्डिया रेडियोले ट्वीट गर्दै छोटा राजनको मृत्यु भएको जनाएकाे थियो ।

कोरोना संक्रमित भएपछि छोटा राजनलाई २६ अप्रिलमा एम्समा भर्ना गरिएको थियो । सन् २०१५ मा इन्डोनेसियाबाट गिरफ्तार गरी उनलाई भारतको तिहाड जेलमा राखिएको थियो । 

राजनमाथि ६५ भन्दा धेरै केस दर्ता गरिएका छन् । 
 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १७:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया