एमालेलाई बचाउन गण्डकीका ११ जिल्ला अध्यक्षको आग्रह

गण्डकी प्रदेशको ११ जिल्लाका नेकपा एमाले अध्यक्षहरुले  पार्टी संकटमा परेको भन्दै बचाउनेतर्फ लाग्न नेतृत्वलाई आग्रह गरेका छन्। आज संयुक्त विज्ञप्ति निकालेर उनीहरुले एमालेमा पटक पटकको अन्तरसंघर्षले क्षति गर्दै आएको पनि स्मरण गराएका छन्। 

'एमाले  नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो। हाम्रो पार्टीभित्र विगत वर्षहरूदेखि आन्तरिक अन्तवरविरोधहरु देखा परिरहेका छन्। यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्‍याइरहेको हामीले महसुस गरेका छौं', उनीहरुले भनेका छन्, 'कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई एमाले पार्टीलाई जोगाउन आग्रह गर्छौँ।'

यसरी दबाब दिनेहरूमा कास्की अध्यक्ष कृष्णबहादुर थापा, स्याङ्जा अध्यक्ष सूर्यप्रसाद शर्मा, तनहुँ अध्यक्ष केदार सिग्देल, लमजुङ अध्यक्ष धनञ्जय दवाडी, गोरखा अध्यक्ष प्रेमबहादुर गुरुङ, पर्वत अध्यक्ष पदम गिरी, बागलुङ अध्यक्ष इन्द्रलाल सापकोटा, म्याग्दी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, मुस्ताङ अध्यक्ष चन्द्रमोहन गौचन, मनाङ अध्यक्ष पाल्देन छोपेने गुरुङ र नवलपुर अध्यक्ष रोशन गाहा रहेका छन्। 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १८:६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया