प्रधानमन्त्रीले डाके संवैधानिक परिषद् बैठक, देउवा र सभामुख नजाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेका छन्। आइतबार बिहान ९ बजेका लागि बालुवाटारमा बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बहुमतले निर्णय गर्न सक्ने बताइएको छ। 

बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी नहुने भएका छन्। यो बैठकले रिक्त रहेको लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न सक्नेछ। 
 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १८:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया