आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, प्रदेश १ का केही स्थानमा भारी वर्षा

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व– पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागका केही स्थान तथा प्रदेश नं १ को तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । 

आज दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम साथै प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  

भोलि वैशाख २६ गते आइतबार देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

वैशाख २७ गते सोमबार देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 



आज दिनभर देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार ६:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया