प्रिमियर लिग : घरेलु मैदानमा लेस्टर सिटी पराजित

इङ्ग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थान रहेको लेस्टर सिटी आफ्नै मैदानमा पराजित भएको छ । गएराति भएको खेलमा लेस्टर घरेलु मैदानमा पराजित भएको हो । 

घरेलु मैदानमा लज्जास्पद हार व्यहोर्ने क्रममा लेस्टर न्युकासल युनाइटेडसँग ४–२ गोल अन्तरले पराजित भयो । उपाधि होडबाट बाहिरिइसकेको लेस्टर पराजित भएपनि अंक तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ । 

लेस्टरको मैदानमा न्युकासलले २२औँ मिनेटमा जोसेफ विलओकको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो । ३४औँ मिनेटमा पौल डुमेटले गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछि, दोस्रो हाफमा न्युकासलका लागि कलुम विलसनले २ गोल गरेका थिए । उनले ६४औँ र ७३औँ मिनेटमा लगातार २ गोल गरेपछि न्युकासलले ४–० गोल अन्तरको अग्रता लिन सफल भयो ।

घरेलु टोली लेस्टरले भने त्यसपछि मात्रै २ गोल गर्यो । उसका लागि मार्स अलब्रिटनले जेम्स भर्डीको पासमा गोल गर्दै अग्रता ४–१ मा झारेका थिए । त्यसको ७ मिनेटपछि केलिची इनह्यान्चोले गोल गरेर अग्रता ४–२ मा झारे पनि हार टार्न सकेनन् ।





  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार ६:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया