माधव नेपालको टिप्पणी : अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक

सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्ने सरकारको कदम अलोकतान्त्रिक भएको बताएका छन् । नेता नेपालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

नेता नेपालले कोरोना महामारी नियन्त्रण र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनका सरकार केन्द्रित हुनुपर्ने बताए । उनले अहिले महामारी नियन्त्रण पहिलो कुरा भएको बताए । 

महामारीको नियन्त्रणमा सरकार केन्द्रित हुनुपर्ने समयमा ध्यान अन्त लगाउन नहुने नेता नेपालको भनाइ छ । उनले महामारी नियन्त्रण छाडेर बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु सरकारको गैरजिम्मेवारीपन एवं अलोकतान्त्रिक कार्य भएको बताए । 

अहिले मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्युत हुन नमिल्ने नेता नेपालको भनाइ छ । उनले यस्ता कार्य गलत भएको बताए । 

नेता नेपालले विषम परिस्थितिलाई ध्यान दिँदै गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न सरकारलाई आव्हान पनि गरेका छन् । 

कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई...

Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Friday, May 7, 2021




  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार ९:२८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया