हजार्ड रियलका लागि उपयुक्त छैनन्

स्पेनिस क्लब रियल मड्रिडले बेल्जियन फरवार्ड इडेन हजार्डलाई सन् २०१८ मा इङ्लिस क्लब चेल्सीबाट अनुबन्ध गर्दा  धेरै आशा गरेको थियो ।

स्टायामफोर्ड ब्रिजमा गरेको लोभ लाग्दो प्रदर्शनबाट लालयित बनेको स्पेनिस जायन्टले आफ्ना सुपर स्टार क्रिस्टियानो रोनाल्डोको कमी पूरा गर्ने आशामा हजार्डलाई क्लबमा ल्याएको थियो ।

विश्वकै उत्कृष्ट खेलाडीको पहिलो रोजाइमा पर्ने रियल मड्रिडमा हजार्डले २ वर्ष बिताइसकेका छन् तर क्लबले उनको क्षमता अनुसारको प्रदर्शन अझै देख्न पाएको छैन ।

चोटका कारण लामो समय मैदान बाहिर रहेका हजार्डले पाएका मौकामा पनि आफूलाई प्रमाणित गर्न सकेका छैनन् । 

विश्व फुटबलको सफल क्लबमध्ये एक रियलले हजार्डको आगमनपछि अझै उत्कृष्ट गर्ने आशा गरेको थियो तर यी दुई वर्षमा उनको योगदान शून्य जस्तै छ ।

निकै भरोसा गरेका खेलाडीले सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि क्लबले यतिबेला हजार्ड रियलका लागि उपयुक्त नभएको आभाष गर्न थालेको छ ।



प्रशिक्षक जिनेदिन जिदानले निकै आशा गरेर च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा बुधबार पूर्व क्लब चेल्सीविरुद्ध हजार्डलाई मैदानमा उतारे ।

उनी यो खेलमा पनि फिक्का देखिए । रियल २-० पराजित हुँदै लिगबाट बिहिरियो ।



हजार्डले खेलपछि आफ्ना पूर्व सहकर्मीसँग ठट्टा गर्दै हाँसेको भिडियो भाइरल बन्यो । त्यसपछि उनले धेरै आलोचना खेपे र माफी नै माग्नु पर्‍यो ।

रियल पुगेपछि उनले खेल्नुपर्ने ९९ खेलमध्ये ४० खेल मात्र खेलेका छन् त्यसमा पनि ४ खेलमा मात्र पूरै ९० मिनेट मैदानमा बिताएका छन् ।

उनले यी ४० खेलमा २ हजार ३८८ मिनेट मैदानमा बिताउँदा ४ गोल गरे । यो उनी उपलब्ध हुने सक्ने समयको २६.६ प्रतिशत मात्र हो ।

कहिले चोट त कहिले अस्वस्थताका कारण उनी ३९६ दिन मैदान बाहिर रहे ।

हजार्डले रियका लागि खेलेका ९ खेलमा घाइते भए । जसमा ४ कन्ट्रयाक्ट इन्जुरी र ५ मांसपेशीको चोट थियो ।

सन् २०१९ को नेभेम्बरमा लागेको एन्कल चोटको २०२० को मार्चमा शल्यक्रिया भयो । चोटबाट निको भएर मैदान फर्कने तयारीमा रहेका हजार्डलाई कोरोना संक्रमण भयो । 

लामो समय मैदानबाहिर रहँदा उनको फिटनेसमा पनि केही समस्या आएको थियो । टिमलाई लगातार निरास पारेपछि रोनाल्डोको स्थानमा उनलाई ल्याउने क्लबको निर्णय गलत भएको टिकाटिप्पणी हुन थाल्यो । 

हजार्ड विश्वकै एक उत्कृष्ट खेलाडी हुन् यसमा कुनै दुईमत छैन, त्यसैले त रियलले उनलाई भित्र्याउन १२० मिलियन युरो खर्चिएको थियो । 

रोनाल्डोको स्थान लिने आशा गरिएका खेलाडीले त्यही अनुसारको प्रदर्शन पनि गर्नुपर्छ तर हजार्डले रियलमा आफूलाई प्रमाणित गर्न सकिरहेका छैनन् ।

अहिले गलत क्लबमा आएको र रियलका लागि नबनेको भन्दै उनको आलोचना हुन थालेको छ ।

(यो सामग्री स्पेनिस खेल पत्रिका मार्काबाट फरकधारका लागि योगेश भट्टराईले अनुवाद गरेका हुन्)

  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १३:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया