संवैधानिक परिषद बैठक स्थगित गर्न माओवादीको आग्रह

हालै मात्र सरकारको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद् बैठक स्थगित गर्न माग गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार बस्न लागेको संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गरेका हुन् ।

प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बैठकमा भाग नलिने निर्णय गरिसकेको स्थितिमा स्थगित गर्न सरकारलाई आग्रह गरेका हुन् ।

दाहालले संवैधानिक परिषदको बैठकमा नजान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई पनि आग्रह गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बेलाएका छन्। उक्त बैठकलाई सभामुख अग्निप्रसाद सापकोटाले यसअघिबाट नै बहिष्कार गरिरहेका छन्। बैठकमा प्रमुख प्रतिपक्षी नेता देउवा पनि नजाने भएका छन्। देउवाले पनि अन्य सदस्यहरुलाई बैठकमा नजान भनेका छन्। 





  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १८:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया