प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई दोस्रो पटक कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई दोस्रो पटक कोरोना संक्रमण भएको छ। कोरोनाको दोस्रो लहरले महामारीको रुप लिइरहेका बेला प्रधानमन्त्रीको सरकारी निवासमा पनि कोरोना पुगेको हो।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पनि कोरोना भेटिएको थियो। प्रचण्डकी बुहारी सांसद बीना मगरलाई आजै कोरोना पुष्टि भएको छ।

बालुवाटारमै प्रधानमन्त्रीको निवास सुरक्षामा तैनाथ अन्य चारजना सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको बताइएको छ। प्रेस सल्लाहकार थापाले आफूलाई दोस्रो पटक कोरोना भएको पुष्टि गरेका छन्।

'​दोस्राे पटक पाेजिटिभ ! टेलिफाेनमा चासो, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ', उनले भनेका छन्, 'शुभेच्छाका लागि सबैप्रति धन्यवाद!'

यसअघि कोरोनाको पहिलो लहरका क्रममा २०७७ असोज ७ गते प्रधानमन्त्रीका सबै सल्लाहकारमा कोरोना देखिएको थियो। त्यसबेला प्रधानमन्त्रीका चारजना सल्लाहकारलाई कोरोना संक्रमण भएको थियो।

असोजमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण भएको थियो।





  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १९:५३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया