राजीव पहारी दम्पतीले जिते कोरोना

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी दम्पतीले कोरोना भाइरसलाई पराजित गरेका छन् । सत्तारुढ नेकपा एमालेका नेता पहारी दम्पतीले ११ दिनमा कोरोना जित्न सफल भएका हुन् । 

पहारीले सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जानकारी दिएका छन् । उनले आफू र श्रीमतीले संक्रमण भएको ११औँ दिनमा कोरोनालाई जित्न सफल भएको लेखेका छन् । 

कोरोनामुक्त भएसँगै पहारीले सामाजिक सञ्जालमार्फत नै महामारीको नियन्त्रण तथा रोकथाममा लाग्नका लागि सबैलाई आह्वान गरेका छन् । उनले कोरोना पीडितलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । 

पहारीले लेखेका छन्, हुनेले नहुनेलाई सहयोग गरौँ । आफू पनि सुरक्षित रहौँ, अरुलाई पनि सुरक्षित रहन र स्वास्थ्य मापदण्ड पालना गराउन प्रेरित गरौँ ।।

तपाईहरुकाे सद्भभाब ,शुभेच्छा ले ११ दिनमा काेराेना भाईरसलाई पराजित गर्न सफल भएका छाै।कठिन परिस्थितिमा प्राप्त हुने सुझाब...

Posted by Rajib Pahari on Saturday, May 8, 2021




  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार ७:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया