अब ट्विटरबाटै नगद !
गेट्टी इमेज

प्रख्यात सामाजिक सञ्जाल ट्वीटरले नयाँ विशेषता थपेको छ । माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो प्लेटफर्ममा नयाँ फिचर सुरु गरेको हो ।

ट्वीटरले ‘टिप जार’ नामको नयाँ फिचर सुरु गरेको हो । नयाँ थपिएको उक्त नयाँ फिचरमार्फत ट्वीटर प्रयोगकर्ताले आफूलाई मनपर्ने कुनै ट्वीटर प्रयोगकर्तालाई नगद टिप दिन सक्नेछन् ।

ट्विटरमा गरिएको ट्वीट आफूलाई राम्रो लागेको अवस्थामा उक्त व्यक्तिलाई नगद सहयोग गर्न मिल्ने गरी नयाँ फिचर सुरुवात गरिएको ट्वीटरले जनाएको छ । 

सुरुवातमा उक्त नयाँ फिचर केही सीमित प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउने ट्विटरले जनाएको छ । सीमित व्यक्तिहरुमा निश्चित पत्रकार, विज्ञ, गैरनाफामूलक प्रयोगकर्तालगायत रहेका छन् । 

टिपजार फिचरअन्तर्गत प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा एउटा सानो आइकन थपिएको देख्न सक्नेछन् । तत्कालका लागि यो फिचर मोबाइल प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । 

मोबाइलको ट्विटर एपमा युजर प्रोफाइलको ड्रपडाउन मेन्यूमा टिपजार फिचर उपलब्ध रहेको छ । जसबाट अनलाइनमार्फत पैसा पठाउने पेपल, भेन्मो तथा क्यास एपलगायतका भुक्तानी प्रदायकहरुको लिंक दिइएको छ ।



तत्कालका लागि निश्चित प्रयोगकर्तालाई मात्र टिप दिन सकिने गरी टिपजार फिचर सुरु गरेको ट्विटरले निकट भविष्यमै धेरैभन्दा धेरै प्रयोगकर्ताको प्रोफाइलमा यो नयाँ फिचर उपलब्ध गराउने जनाएको छ ।



  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार ८:५३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया