देउवालाई भेटेपछि ओली भेट्न बालुवाटार पुगे ठाकुर-महतो

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका छन्। 

आइतबार बिहान बूढानीलकण्ठ पुगेर देउवासँग वार्ता गरेपछि ठाकुर र महतो त्यहाँबाट सिधै बालुवाटार छिरेका हुन्। प्रतिनिधिसभामा भोलि सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि निर्णायक मानिएको जसपाका नेताको दौडधूप सुरु भएको हो। 

यसअघि, प्रधानमन्त्री ओलीसँग रहेका भनिएका ठाकुर र महतो अहिले ओलीलाई विश्वासको मत नदिने पक्षमा उभिएका छन्। उनीहरुले सरकारले आफ्ना सबै मागहरु पूरा नगरेको भन्दै विश्वासको मत नदिने बताएका थिए। यही अलमलबीच जसपा नेताहरु निर्णायक वार्तामा जुटेका छन्। 

भोलिको संसद बैठकको सम्भावित रणनीतिलाई लिएर ठाकुर र महतो कांग्रेस र एमालेका शीर्ष नेतासँग संवादमा जुटेका हुन्। कांग्रेसले हिजो संसदीय दलमार्फत विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको थियो । तर जसपा अझै पनि अनिर्णयको बन्दी बनिरहेको छ।





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार ११:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया