टिप्परले ठक्कर दिँदा एक जनाकाे मृत्यु

राैतहटमा टिप्परले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा जिल्लाकाे बृन्दाबन नगरपालिका-७ हर्षाहा बस्ने ३५ वर्षीय दिल किशोर राम रहेका छन् ।

चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा अनटेस्ट लेखेकाे टिप्परले शनिबार दिउँसाे उनलाई ठक्कर दिएकाे थियाे । साइकलमा सवार दिल किशाेरकाे घटनास्ठलमै  ज्यान गएकाे प्रहरीले बताएकाे छ ।

टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेकाे छ । 


यसैगरी सर्लाहीमा पनि एक जनाकाे माेटरसाइकलकाे ठक्करबाट मृत्यु भएकाे छ ।

जिल्लाकाे बरहथवा नगरपालिका-३ भगवतीपुरकाे सडकमा बिआर ३० एस ९२४५ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा सोही ठाउँ बस्ने श्याम महतोका ४ वर्षीय छोरा आदित्य महतोको मृत्यु भएको हाे ।​

माेटरचालक फरार भएका छन् । उनकाे खाेजी भइरहेकाे प्रहरीले बताएकाे छ । 





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १२:५८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया