राजनीतिक अन्योलको असर सेयर बजारमा

मुलुकको राजनीतिक अन्योलको असर पछिल्लो समय सेयर बजारमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै छन् । सत्तारुढ दलका सांसदले नै राजीनामा दिने र जनता समाजवादीका सांसद तटस्थ बस्ने निर्णय गरेपछि ओलीले विश्वासको मत नपाउने करिब पक्का भएको छ । तर, वैकल्पिक सरकार पनि बन्ने सम्भावना अहिलेसम्म नदेखिएकाले अन्योल झनै बढेको हो र यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक १८.५६ अंकले घटेको छ । यससँगै यस दिन नेप्से परिसूचक २६१८.५७ बिन्दुमा पुगेको हो । नेप्सेमा ठूला तथा राम्रा कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि यस दिन २.३१ अंकले घटेको छ । यससँगै आइतबार सेन्सेटिभ इन्डेक्स पनि ४७०.७४ बिन्दुमा झरेको छ । 

समग्र नेप्से परिसूचक घटेसँगै यस दिन कारोबार रकममा पनि संकुचन आएको छ । आइतबार २१९ कम्पनीको १ करोड २७ लाख २८ हजार १२५ कित्ता सेयर कुल ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँमा खरिद-बिक्री भएको छ । 

यस दिन कारोबारमा आएका १३ उपसमूह सबै राता भएका छन् । २१९ वटा कम्पनीको सेयर खरिद-बिक्री भएको बजारमा ६ वटा कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उच्च गिरावट आएको हो । कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको हो ।

त्यसैगरी विशाल बजार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९.५६ प्रतिशत, युनियन हाइड्रोपावरको ९.२४ प्रतिशत, सर्पोट माइक्रोफाइनान्सको ७.४४ प्रतिशत र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ७.२९ प्रतिशतका दरले घटेको छ । ती छ वटै कम्पनीको सेयरमा खरिद कर्ताभन्दा बिक्रेता हावी भएकाले उच्च गिरावट आएको हो ।





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १६:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया