नेपाल पक्षले आज राजीनामा नदिने, फेरि आन्तरिक छलफलमा जुटे
सिंहदरबारको वार्ता परिणाममुखी नभएको भनाइ

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सांसद पदबाट आज राजीनामा नदिने भएको छ। राजीनामाका लागि सिंहदरबारस्थित संसद सचिवालयमा पुगेका नेता नेपाल अहिले आफू पक्षीय सांसदहरुसँग परामर्शमा जुटेका छन्। 

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पठाएका नेताहरु सुवासचन्द्र नेम्बाङ र विष्णुप्रसाद पौडेलसँगको वार्तापछि नेता नेपाल आन्तरिक छलफलमा जुटेका हुन्।

अहिले नेता नेपाल सिंहदरबारस्थित संसद सचिवालयमै आफू पक्षीय करिब १५ जना सांसदहरुसँग छलफलमा छन्। सिंहदरबारमा माधव पक्षीय १२ सांसद पुगेका थिए। तर केही बेरअघि थप तीनजना पुगेका बताइएको छ। 





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १६:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया