प्रधानमन्त्रीलाई विश्‍वासको मत दिन नेकपा एमालेको 'ह्विप'

सोमबार हुने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास मत दिन नेकपा एमालेले ह्विप जारी गरेको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना सांसदहरुलाई विश्वासको मतको पक्षमा उभिन आज ह्विप जारी गरेका हुन्। 

भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखेर सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरुले राजीनामा तयारी गरिरहेका बेला एमाले दलले ह्विप जारी गरेको हो। संसदीय नियमअनुसार दलको ह्विप उलंघन गरेमा निलम्बनसम्मको कारबाही हुन सक्छ। 





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १७:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया