डोटीमा बढे भाइरल ज्वरोका बिरामी

कोरोना भाइरसले देश आक्रान्त भएका बेला डोटीको पूर्वीचौकी गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेका छन् । टाउको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका छन् ।

गाउँपालिकाका प्रायः सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्वरोका कारण नागरिक थलापरेको स्थानीय चक्रबहादुर कठायतले बताए । उनले भने, ‘भाइरल ज्वरोले नागरिक थला परेका छन्, उपचार गर्न जान सकिने अवस्था छैन ।’





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १९:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया