पार्टी एकता कायम, ओली सरकारको बहिर्गमन सुनिश्चित : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आजको बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘सबैले आ–आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई बिदा गर्न, देशलाई अग्रगामी निकास  दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौँ।’

जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि सोमबार प्रतिनिधि सभा हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्विप नलगाउने निर्णय गरेको थियो।

सो निर्णयपछि जसपाका सांसदहरुले ओलीलाई विश्वासको मत दिने वा नदिनेमा स्वविवेक प्रयोग गर्न पाएका छन्। सोही निर्णयलाई लिएर भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।





  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १९:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया