गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्रीको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनको सरगर्मी सुरु भएको छ ।
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि राष्ट्रिय जनमोर्चा लागि निर्णायक भूमिकामा छ । सो पार्टीले विपक्षी गठबन्धनलाई साथ दिने घोषणा यसअघि नै गरिसकेको छ । जनमोर्चाले त्यसका लागि मंगलबार आफ्ना सांसहरूको हस्ताक्षर संकलन गर्ने तयारी गरेको छ ।
गण्डकीमा काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्दै कांग्रेस, माओवादी र जसपाले अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् । जनमोर्चाले विपक्षी गठबन्धनलाई सयोग गरेमा नेपाली मुख्यमन्त्री बन्नेछन ।
गण्डकीमा सरकार बनाउन ३१ सांसदको आवश्यक पर्छ । काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सम्मिलित विपक्षी गठबन्धनसँग २८ सांसद छन् । विपक्षी गठबन्धनलाई जनमोर्चाले साथ दिएमा सरकार बनाउन गठबन्धनलाई सांसद संख्या पुग्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।