ओलीलाई आजै विदा गर्नुपर्छ भन्दै बाबुरामले देखाए ४ कारण
फरकधार / २७ बैशाख, २०७८

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओलीलाई  प्रधानमन्त्रीबाट आजै विदा गर्नुपर्ने ४ कारण औँल्याएका छन् । 

भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ओली असफल भएकाले जसरी उनलाई सरकारबाट विदा गर्नुपर्ने बताएका हुन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईका अनुसार ओलीलाई आजै विदाई गर्नुपर्ने प्रमुख कारण यी हुन् 

१)कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको ।

२)संविधान विपरित संसद विघटन गरेर, दुईतिहाइ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको ।

३)संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको ।

४)खोप र औषधि खरिदमा समेत भ्रष्टाचार गरेको ।

  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार ९:५३:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया