छलफलमै दोस्रो तहका नेता, योगेशले भने :  कुनै दाउपेच छैन, सग्लो एमालेको पक्षमा छौँ

नेकपा एमाले असन्तुष्ट समूहका नेता योगेशकुमार भट्टराईले अझै पनि एमालेलाई एक बनाइराख्ने सम्भावना रहेको बताएका छन्। ओली-नेपालका दोस्रो तहका नेता विष्णु पौडेल, घनश्याम भुसाल र गोकर्ण विष्टबीचको छलफलपछि उनले यस्तो बताएका हुन्। 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलपछि पत्रकारसँग बोल्दै उनले यसो भनेका हुन्। 'छलफलहरु  सकारात्मक नै छन् भन्‍ने आशा गर्छौँ। देशभरीका सबै मान्छेहरुले, पार्टीका सदस्यहरुले एमालेको एकता चाहेका छन्', उनले भने, 'त्यो कुरालाई कसैले पनि नजरअन्दाज नगरोस्। एजेन्डाहरूमा छलफल भइरहेका छ।'

उनले आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भइसकेको बताए । 'हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसदमा नजाने कुरा भइसकेको छ', उनले भने, 'यसले पार्टीको एकतालाई बचाउन नै मद्दत गर्छ। हामी कुनै दाउपेचमा छैनौँ, हामी सग्लो एमालेको पक्षमा छौँ।'

भिडियो





  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १३:२३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया