मत दिन नसक्ने भन्दै प्रधानमन्त्रीलाई प्रचण्डले भने-राजीनमा दिनुस्, 'इनफ इज इनफ'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन् । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । 

उनले सम्बोधनका क्रममा आफ्नो दलको तर्फबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताए । ‘संसद पुनःस्थापना भएकै दिन मैले बडो गम्भीर भएर भनेको थिएँ, तपाईंले अब राजीनामा दिएर नयाँ सरकारको गठनको बाटो प्रशस्त गर्नु सबैभन्दा उपयुक्त हुन्छ भन्ने सुझाव राखेको थिएँ ।’ 

मतदान प्रयोजनका लागि डाकिएको विशेष अधिवेशनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘म आज यो सम्मानित सदन अगाडी पनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई हिजो बहस गर्दा पनि भनेको थिएँ, 'इनफ इज इनफ', अहिले पनि राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति बाटो प्रशस्त गर्नु नै लोकतान्त्रिक मूल्य मान्यता, संविधानको मर्म भावना अनुकुल हुन्छ भनेर सुझाव राख्छु ।’





  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १५:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया