प्रचण्डले प्रधानमन्त्रीलाई सोधे : यिनै माननीयसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्रीमा नरहेको बताएका छन्। आफैंले विघटन गरेको संसदमा आएर विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्रीमा नरहेको दाबी उनले गरेका हुन्।

'प्रधानमन्त्री ओलीजी फेरि देशलाई मध्यावधि निर्वाचनतिर जान लागेको त होइन?', उनले प्रश्न गरे, ‘तपाईंले विश्वासको मत माग्ने पनि नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू? यी माननीय सदस्यसँग मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्री ज्यू?’

पुनःस्थापित संसदको विशेष अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पार्टीभित्र भएको आन्तरिक विषयलाई सिंगो देश र समाजलाई आक्रान्त हुनेगरी यो सार्वभौम संसदलाई तपाईंले विघटन गरेको होइन?’

प्रधानमन्त्री ओलीले सिंगो देश र समाजलाई आक्रान्त बनाउने गरी संसद विघटन गरेको उनले बताएका छन्। ‘मैले त भनेको थिएँ, हाम्रो संविधानले संसद विघटनको यो रुपमा परिकल्पना गरेकै छैन। त्यसकारण यो कदम अलोकतान्त्रिक छ, असंवैधानिक छ, असंवैधानिक छ, यसलाई स्वीकार गर्न सकिँदैन', उनले भने, 'मैले माननीय सदस्यहरुलाई भनेको छु, हामीलाई प्रधानमन्त्रीज्यूले त तिमीहरु मर्यौँ भन्नुभएको छ । तर, मैले हामी मरेका छैनौं भनेको छु । हामी जिउँदै छौं ।’ 

उनले भने अहिले पनि आफूहरु जीवितै रहेको बताए।‘माननीय सदस्यहरु हामी मर्‍यौं भन्ने नठान्नुहोला, हामी ज्यूँदै छौं', उनले अगाडि भने, 'प्रधानमन्त्रीज्यूले मात्र आफ्नो दम्भको कारण, अहंकारको कारण या आफ्नो गलत प्रवृत्तिका कारणले जबरजस्ती तिमीहरु मर्‍यौं भन्नुभएको हो । हामीले आफैंले आफू मर्यौं भन्ठान्यौँ भने त हामी मर्यौं तर हामी मरेका छैनौं भन्यौं भने त जितेको जित्यै हुन्छौं ।’





  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १५:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया