संसदमा महन्थ ठाकुरले भने : म प्रधानमन्त्रीको पक्षमा छैन, विपक्षमा पनि छैन

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको विशेष अधिवेशनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। 

तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट आफ्नो भनाइ राख्ने क्रममा उनले मधेस आन्दोलनका क्रममा जेल र मुद्दा भोगिरहेका कयौँ  नेता कार्यकर्ताको पीडा हुँदा हुँदाहुँदै संसदको मत विभाजनमा प्रधानमन्त्रीलाई समर्थन गर्न नसक्ने बताएका हुन्।

'हामी रेशम चौधरीलाई हामी यहाँ हेर्न चाहन्छौँ तर उनी जेलमा छन्' उनले भने, 'हाम्रा प्रदेश मन्त्री तारिखमा छन् सयौँ कार्यकर्ताहरूले अझै पनि विभिन्न मुद्दा खेपिरहेका छन्। त्यहीकारण हामीले सरकारलाई समर्थन गर्न सक्ने अवस्था छैन।'

उनले सम्बोधनका क्रममा यो प्रस्तावको पक्ष विपक्ष कतै नउभिने  बताए। 'हामी यो प्रस्तावको पक्षमा पनि छैनौँ विपक्षमा पनि छैनौँ', उनले भने, 'संविधानले गरेको विभेद नहटेसम्म हामी कसैको पक्ष विपक्षमा उभिएर जान सक्दैनौँ।'





  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १५:४९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया