राष्ट्र बैंकले ८ अर्ब १८ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले ८ अर्ब १८ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले १० करोड बराबरको ट्रेजरी बिल ९१ दिन अवधिको लागि, ६ अर्ब बराबरको ट्रेजरी बिल १८२ दिन अवधिको लागि र २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागेको हो ।

१० करोड बराबरको ट्रेजरी बिल ०७८ साउन २६ गते परिपक्व हुनेछ । ६ अर्ब बराबरको ट्रेजरी बिल ०७८ कात्तिक २३ गते परिपक्व हुनेछ । त्यस्तै, २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल ०७९ वैशाख २७ गते परिपक्व हुनेछ ।  

राष्ट्र बैंकले यी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोल भएर मंगलबारदेखि बिक्री हुने जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १६:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया