गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाले ह्विप जारी गरेको छ । सो दलकी सचेतक पियारी थापाले ह्विप जारी गरेकी हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि त्यहाँ नयाँ सरकार गठनको तयारी सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीका तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् ।
यी तीन दलको पक्षमा बहुमत नपुग्ने हुँदा गण्डकीमा राष्ट्रिय जनमोर्चा निर्णायक भूमिकामा छ । गण्डकीमा राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।