तीन दलले राष्ट्रपतिलाई भने : तत्काल बहुमतको सरकार गठन प्रक्रिया थालियोस्

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले बहुमतको नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को २ अनुसार प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबारै संयुक्त वक्तव्य निकालेर दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेका हुन्। 

आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली असफल भएका थिए। उनको पक्षमा एमालेका ९३ सांसदले मतदान गरे। विपक्षमा १२४ मत खसेको थियो । जसपा महन्थ ठाकुर समूहका १५ जना तटस्थ बसे। उता एमालेकै माधव नेपाल समूहका २८ जना दलको ह्वीप उलंघन गर्दै मत विभाजनमा सहभागी भएनन्। 





  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १८:३७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया