नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल एउटा सन्कीको प्रतिगामी यात्रा सकिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन नसकेप्रति टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीप्रति कटाक्ष गर्दै उनले ‘अरुलाई ताकेको बञ्चरो आफ्नै घुँडामा बजारिएपछि एउटा सन्कीको प्रतिगामी यात्रा सकिएको’ बताएका छन् ।
‘उल्टो बाटो हिँडेपछि पुग्ने गन्तव्य पनि उल्टै हो। आज त्यै भयो,’ उनले ट्विट गर्दै भनेका छन्, ‘दम्भ,अहंकार र स्वेच्छाचारिताको धरहरा ढल्यो। अब बिस्तारै ओली प्रवृत्तिको अन्त्य गरी नेपाली इतिहासको नयाँ अध्याय आरम्भ गर्नुपर्छ ।
अरुलाई ताकेको बञ्चरो आफ्नै घुँडामा बजारिएपछि एउटा संकिको प्रतिगामी यात्रा सकिएको छ । उल्टो बाटो हिँडेपछि पुग्ने गन्तब्य पनि उल्टै हो। आज त्यै भयो ।दम्भ,अहंकार र स्वेच्छाचारिताको धरहरा ढल्यो।अब बिस्तारै ओली प्रवृत्तिकाे अन्त्य गरी नेपाली इतिहासको नयाँ अध्याय आरम्भ गर्नुपर्छ ।
— Pradip Paudel (@paudelpradipNC) May 10, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।