राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार निर्माणका लागि आह्वान गरेकी छन्। राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पाउन सक्ने सदस्यलाई वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेश गर्न आग्रह गरेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको संसदको विशेष अधिवेशनमा विश्वासको मत लिन असफल भएपछि स्वत: पदमुक्त भइसकेका छन्। यस्तो अवस्थामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले आजै नयाँ सरकार निर्माण प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।