२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

भाजपा नेता सुब्रमण्यम् स्वामी भन्छन् : पुष्पकमल दाहाल प्रधानमन्त्री भएमा चीनको जित हुन्छ
केपी शर्मा ओली भारतको रोजाइको व्यक्ति भएको खुलासा

भारतीय जनता पार्टीका एक नेताले प्रधानमन्त्री केपी शर्मा ओली भारतको रोजाइको व्यक्ति भएको खुलासा गरेका छन् । उनले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ आएमा चीनले जित्ने बताएका छन् । 

भाजपा नेता सुब्रमण्यम् स्वामीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पुष्पकमल दाहाल प्रधानमन्त्री भएको खण्डमा चीनको जित भएको ठहरिने बताएका हुन्।



नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकारका लागि आह्वान गरेकी छिन् । 

नयाँ सरकार बनाउनेका लागि दलहरुबीच गृहकार्य भइरहँदा भारतको सत्तारुढ पार्टीका प्रभावशाली नेताबाट आएको टिप्पणीलाई अर्थपूर्ण मान्न सकिन्छ । 





  • प्रकाशित मिति : २८ वैशाख, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया